एन्फा महिला लिग : विभागीय टोली त्रिभुवन आर्मी विजयी

एन्फा महिला लिग : विभागीय टोली त्रिभुवन आर्मी विजयी

अर्थ चौतारी

एन्फा महिला लिग : विभागीय टोली त्रिभुवन आर्मी विजयी

A A- A+

काठमाडौं- राजधानीमा जारी एन्फा महिला लिगमा विभागीय टोली त्रिभुवन आर्मी विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको पहिलो खेलमा आर्मीले बागमती युथ क्लबलाई ३–० ले पराजित गरेको हो ।

आर्मीका लागि विमला चौधरीले २५औं मिनेटमा पहिलो गोल गरेकी थिइन् । त्यस्तै खेलका ६१औं मिनेटमा अमिषा कार्कीले आर्मीका तर्फबाट अर्को गोल गरिन् भने ९०औं मिनेटमा आर्मीले अर्को गोल थपेको थियो ।

त्यस्तै बिहीबार नै भएको अर्को खेलमा एपीएफ क्लबले वालिङ नगरपालिकालाई पराजित गरेको छ ।  एपीएफले वालिङलाई २–१ गोल अन्तरले पराजित गरेको हो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?