कांग्रेस पदाधिकारी बैठक जारी, सहकारी ठगीको आरोप लागेका उपसभापति गुरुङको बारेमा छलफल

कांग्रेस पदाधिकारी बैठक जारी, सहकारी ठगीको आरोप लागेका उपसभापति गुरुङको बारेमा छलफल

अर्थ चौतारी

कांग्रेस पदाधिकारी बैठक जारी, सहकारी ठगीको आरोप लागेका उपसभापति ...

A A- A+

काठमाडौं, २६ भदौ । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठक जारी रहेको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बैठक जारी रहेको हो । बैठकमा पार्टी उपसभापति धनराज गुरूङमाथि सहकारी बचत सम्बन्धमा उठेको प्रश्नबारे सामुहिक धारणा बनाईने बताइएको छ ।

त्यस्तै, प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले राजीनामा दिएर मार्ग प्रशस्त नगरेको खण्डमा उनलाई महाअभियोग लगाउने विषयमा पनि आजको बैठकमा छलफल हुनेछ ।

सत्तारुढ दलको बैठकले उपसभामुख रानालाई हटाउनेबारे निर्णय गरिसकेको छ । सभापति देउवाले यसबारे पार्टी पदाधिकारी र पूर्व पदाधिकारीहरुको धारणा बुझ्न खोजेका हुन् । राजीनामा दिन उपसभामुख रानालाई प्रतिनिधि सभामा पनि दवाब बढ्दै गएको छ ।

रानाले पदीय मर्यादा र गरिमा जोगाउन नसकेको सत्तारुढ दलका नेताहरुको आरोप छ । उपसभामुख रानाले अमेरिकामा आयोजित एक कार्यक्रममा सहभागी हुन केही युवाहरुलाई भिसा सहजीकरण गरिदिन भन्दै अमेरिकी दूतावासलाई पत्र लेखेपछि उनी विवादमा रहेकी छन् ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमै सत्तारुढ दलका सांसदले उपसभामुख रानाले राजीनामा दिनुपर्ने माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?