प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा ६ युवकलाई पक्राउ गरिएको छ।
हत्यामा संलग्न रहेको देखिएकाले उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ। उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए।
खोटाङको मझुवागढी गाउँपालिका(१ का प्रहरी जवान घिमिरे शुक्रबार काठमाडौंको तारकेश्वर(९ मनमैजुस्थित निर्माणाधीन घरमा मृत फेला परेका थिए। उनी ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा खटिएका थिए।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच