गाजाको सुरुङमा फेला परेका छ जनाको शव पहिचान

A view of the rubble of buildings hit by an Israeli airstrike, in Gaza City, Tuesday, Oct. 10, 2023. Israel has launched intense airstrikes in Gaza after the territory's militant rulers carried out an unprecedented attack on Israel Saturday, killing over 900 people and taking captives. Hundreds of Palestinians have been killed in the airstrikes. AP/PTI(AP10_10_2023_000241B)

गाजाको सुरुङमा फेला परेका छ जनाको शव पहिचान

अर्थ चौतारी

गाजाको सुरुङमा फेला परेका छ जनाको शव पहिचान

A A- A+

जेरुसेलम, १६ भदौ । इजरायली सेनाले दक्षिणी गाजा पट्टीको सुरुङमा भेटिएका एक अमेरिकी मुलका इजरायली र एक रूसी मुलका इजरायलीसहित छ जना बन्धकको शव पहिचान गरेको आइतबार जनाएको छ ।

उनीहरुको अवशेष शनिबार ‘रफाह क्षेत्रको भूमिगत सुरुङबाट’ फेला परेको र तिनको औपचारिक रुपमा पहिचान गरिएको इजरायली सेनाले जनाएको छ ।

गत अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणका क्रममा प्यालेस्टिनी लडाकूले कब्जामा लिएका कार्मेल ग्याट, इडेन येरुशाल्मी, हर्श गोल्डबर्ग–पोलिन, अलेक्जेन्डर लोबानोभ, अल्मोग सारुसी र ओरी डानिनोको शव पहिचान गरिएको हो ।

गाटलाई दक्षिण इजरायली किब्बुट्ज समुदायको बिरीबाट लगिएको थियो भने बाँकी २३ देखि ३२ वर्ष उमेर समूहका पाँच जनालाई गाजाको सीमा नजिकैको एक सङ्गीत महोत्सवबाट अपहरण गरिएको थियो।

अक्टोबर ७ मा भएको आक्रमणका क्रममा बन्धक बनाइएका २५१ जनामध्ये ९७ जना गाजामा बन्धक बनाइएका थिए जसमध्ये करिब ४० जनाको मृत्यु भइसकेको इजरायली सेनाले जनाएको छ ।

सेनाका प्रवक्ता डेनियल हागारीले भने, “उनीहरूलाई हामी त्यहाँ पुग्नुभन्दा केही समयअघि हमासका लडाकूहरूले निर्मम हत्या गरेका थिए।”

एएफपीलाई प्राप्त इजरायलको आधिकारिक तथ्याङ्कअनुसार हमासको आक्रमणमा परी एक हजार २०५ जनाको मृत्यु भएको थियो।

इजरायलको आक्रमणमा गाजामा कम्तीमा ४० हजार ६९१ जनाको मृत्यु भएको इजरायलको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार कार्यालयले मृतकमध्ये अधिकांश महिला र बालबालिका रहेको जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?