एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा पाण्डे निर्विरोध

एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा पाण्डे निर्विरोध

अर्थ चौतारी

एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा पाण्डे निर्विरोध

A A- A+

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध चयन भएका छन् ।

सोही पदमा उमेदवारी दिएका घनेन्द्र बस्नेतले मंगलबार उमेदवारी फिर्ता लिएपछि पाण्डे सर्वसम्मत भएका हुन् । अरु पदमा भने चुनाव हुने भएको छ ।  काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध चयन भएका छन् ।  सोही पदमा उमेदवारी दिएका घनेन्द्र बस्नेतले मंगलबार उमेदवारी फिर्ता लिएपछि पाण्डे सर्वसम्मत भएका हुन् । अरु पदमा भने चुनाव हुने भएको छ ।

एकीकृत समाजवादीमा सात उपाध्यक्ष, चार उपमहासचिव र सात सचिवका लागि निर्वाचन गर्न लागिएको हो । अध्यक्ष, महासचिव र सम्मानित नेता भने पार्टी महाधिवेशनबाट चुनिएका थिए ।

निर्वाचन समितिका प्रमुख माधव पौडेलका अनुसार पाण्डे निर्विरोध भएका छन् । उपमहासचिव पदमा  एकजनाले नाम फिर्ता लिएका छन् ।  उमेदवारी फिर्ताको समय दिउँसो १ः३० बजेसम्म थप्ने तयारी समितिको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?