प्रेम आलेको आग्रह– तत्कालीन ऊर्जा मन्त्री बस्नेतलाई कठघरामा उभ्याऊ

प्रेम आलेको आग्रह– तत्कालीन ऊर्जा मन्त्री बस्नेतलाई कठघरामा उभ्याऊ

अर्थ चौतारी

प्रेम आलेको आग्रह– तत्कालीन ऊर्जा मन्त्री बस्नेतलाई कठघरामा उभ्याऊ

A A- A+

काठमाडौं, ९ भदौ । एकीकृत समाजवादीका सांसद प्रेम आलेले डेडिकेटेड र ट्रंक लाइन महसुल विवादमा तत्कालीन ऊर्जा मन्त्री शक्ति बस्नेतलाई समितिको कठघरामा ल्याएर सोध्नुपर्ने माग गरेका छन् । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा बोल्दै उनले महसुस नठाउनेदेखि छुट दिने कार्यसम्म तत्कालीन ऊर्जा मन्त्रीको हात रहेको भन्दै उनले यस्तो माग गरेका हुन् । ‘मन्त्री भएर जथाभाबी निर्णय गर्ने ? उहाँलाई एक पटक यहाँ ल्याएर सोधपुछ गर्नुपर्छ ’ आलेले माग गरे । समितिले महसुल विवादमा आइतबारदेखि छलफल सुरु गरेको छ । पछिल्लो पटक महसुल विवादले विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङ, व्यापारी र सरकार एक आपसमा विवाद गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?