दुई मोटरसाइकल जुध्दा एकजनाको मृत्यु

दुई मोटरसाइकल जुध्दा एकजनाको मृत्यु

अर्थ चौतारी

दुई मोटरसाइकल जुध्दा एकजनाको मृत्यु

A A- A+

राजविराज । हनुमाननगर कंकालिनी नगरपालिका–५ स्थित भारदह–हनुमाननगर सडकअन्तर्गत सप्तरीको जोगिनियाँमा शनिबार दुई मोटरसाइकल एकापसमा जुध्दा एकजनाको मृत्यु भएको छ । सप्तरीको राजविराज नगरपालिका–१५ का ५२ वर्षीय विनोदकुमार साहको मृत्यु भएको प्रहरी निरीक्षक अवधेशकुमार यादवले जानकारी दिए ।

भारदहबाट हनुमाननगरतर्फ आउँदै गरेको स२प ७२९६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट गइरहेको को३४प ५४५९ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए ।

दुर्घटनामा परी  स२प ७२९६ नम्बरको मोटरसाइकल चालक साहको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक यादवले बताए । अर्को मोटरसाइकलका चालकसहित दुईजना घाइते भएका थिए । घाइतेको नाम र ठेगाना खुल्न सकेको छैन । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?