०६४ का माओवादी मतदाता खोज्न कार्यकर्तालाई प्रचण्डको निर्देशन

०६४ का माओवादी मतदाता खोज्न कार्यकर्तालाई प्रचण्डको निर्देशन

अर्थ चौतारी

०६४ का माओवादी मतदाता खोज्न कार्यकर्तालाई प्रचण्डको निर्देशन

A A- A+

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदैव सत्तामा रहनेगरी वातावरण बनाउन कार्यकर्तालाई निर्देशन दिएका छन्‌ । यसका लागि २०६४ मा भएको पहिलो संविधान सभा निर्वाचनमा माओवादीलाई पहिलो पार्टी बन्नेगरी मत दिने मतदाता खोज्न पनि उनले कार्यकर्तालाई अह्राएका छन्‌ ।

आज (शनिबार) पार्टीनिकट ‘नुवाकोट-काठमाडौं सम्पर्क समन्वय समिति’ ले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै दाहालले भने, ‘२०८४ मा हुने चुनावमा हामी पहिलो पार्टी बन्न सक्छौँ । त्यसका लागि सर्वप्रथम २०६४ मा माओवादीलाई भोट हालेका जनताकहाँ जानुपर्छ । पहिला लिस्ट बनाउन पर्‍यो । भोट हाल्ने को-को हुन्, खोज्नपर्‍यो । ती सबैसँग सम्पर्क गर्नुपर्‍यो ।’

दाहालले थपे, ‘ती भोटरहरूसँँग आत्मसमीक्षा गर्ने, गल्ती सच्याएर एकताबद्ध भयौँ भन्ने, सुशासनको पक्षमा लड्न चाहेको बताउने, एकपटक फेरि हामीलाई मद्दत गर्नुपर्‍यो भन्नुपर्छ, त्यसो गर्दा संख्या देखाएर हामीलाई सरकारबाहिर गर्ने यी भ्रष्टाचारीहरूलाई कहिल्यै पनि आउन नदिने वातावरण बनाउन सकिन्छ।’

माओवादीले जनताका बीचमा गएर आत्मसमीक्षा गर्ने र धुलोमैलो टक्टक्याएर आयौं भन्न कार्यकर्तालाई दाहालको निर्देशन छ । उनले २०६४ मा माओवादीलाई मत दिएकाका छोराछोरीलाई समेत खोजी उनीहरू रहेको ठाउँ पत्ता लगाएर सम्पर्कमा ल्याउने प्रयास गर्न पनि कार्यकर्तालाई निर्देशन दिए । साथै, माओवादी पूर्वलडाकु र पार्टीनिकट संगठनका कार्यकर्ताको लिस्ट बनाउन पनि उनले निर्देश गरे ।

दाहालले कार्यकर्तालाई सामाजिक सञ्‍जाल उपयोग गर्न पनि सुझाएका छन्‌ । उनले सामाजिक सञ्जाल उपयोग नगर्दा पनि पछिल्ला निर्वाचनमा पार्टीले क्षति ब्यहोर्नुपरेको तर्क गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?