मुस्ताङमा हिमपहिरो, स्थानीयले छाडे बस्ती

मुस्ताङमा हिमपहिरो, स्थानीयले छाडे बस्ती

अर्थ चौतारी

मुस्ताङमा हिमपहिरो, स्थानीयले छाडे बस्ती

A A- A+

काठमाडौं । मुस्ताङमा हिमपहिरो गएको छ । मुस्ताङको थासाङ्ग गाउँपालिकाको कोभाङ् गाउँस्थित बोक्सीखोला बस्तीमा हिमपहिरो गएको छ ।  मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तका अनुसार हिमपहिरो बस्तीमाथि अड्किएको छ । उनले भने, “माथिबाट खसेको हिमपहिरो बस्तीको माथि खोँचमा अड्किएको छ ।”

पहिरोको जोखिमपछि बस्तीबासीलाई सारिएको छ । उनले भने, “९ वटा घर भएको त्यो बस्तीका स्थानीय बासिन्दालाई हामीले अहिले त्यहाँबाट सारिसकेका छौं ।” तीनवटै सुरक्षा निकायको सहयोगमा स्थानीयबासीलाई सारिएको उनले सुनाए ।

हिम पहिरोले बोक्सीखोला थुनिएको छ । खोला थुनिएकाले तटीय क्षेत्रका स्थानीयबासीलाई सतकर्ता अपनाउन आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?