काठमाडौं- त्रिभुवन विश्वविद्यालयको मानविकी तथा समाजशास्त्र विभाग प्रमुख नियुक्तिलाई लिएर देखिएको द्वन्द्व संसद्मै पुगेको छ ।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठ त्रिवि विवाद प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई निशाना साँधिन् ।
‘बलभन्दा बुद्धि ठूलो, बुद्धिभन्दा दल ठूलो जस्तो भयो त्रिविमा । विभागीय प्रमुखको पदका लागि भएको विवाद दलीय राजनीतिकरणले देखाएको दुर्दशा हो’, पूर्वशिक्षामन्त्री समेत रहेकी उनले भनिन्, ‘एउटा मन्त्रीले अर्को मन्त्रीलाई जोडदार माग गर्नुपर्ने तर ती मन्त्रीको कप्तान प्रधानमन्त्री हुन् ।’
उनले गत साउन ३० गतेतिर सरस्वती क्याम्पसमा चिट चोराउन गएका अनेरास्ववियुका नेताले परीक्षा नियन्त्रकलाई कुटेको पनि खुलासा गरिन् ।
‘यति हुँदा पनि शिक्षक र प्राध्यापकले राजनीति गर्न पाउनुर्छ भन्ने सेनापति को हो? अहिलेको प्रधानमन्त्री’, उनले भनिन्, ‘प्रधानमन्त्रीले मुखमा रामराम बगलीमा छुरा देखाइरहनु भएको छ। दलीय राजनीतिमुक्त हुनुपर्छ विश्वविद्यालय, यसमा कुनै सम्झौता हुनु हुँदैन ।’
नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पनि त्रिविमा असुरक्षा बढेको कुरा आफूले सुनेको बताए । उनले त्रिविका पदाधिकारीहरू असुरक्षाका कारण कार्यालयमै आउन छाडेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच