गोरखा । २२ वर्षीया महिलालाई बन्धक बनाएर हत्या गर्न खोजेको आरोपमा श्रीमान र ससुरा पक्राउ परेका छन् ।पक्राउ पर्नेमा गोरखा नगरपालिका–४ फिनामका महमद अफजल मिया र उनका बुवा महमद अहमद मिया रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले बताए । उनीहरुले दुई दिनदेखि कोठामा बन्धक बनाएर केही पनि खान नदिइ राखेका थिए। ‘कोठाभित्र खाबोमा ती महिलालाई बाँधेर मार्ने उदेश्य सहित लौरी, पेटी र चक्कु समेतले प्रहार गरेको भन्ने छ ।घरभित्र थुनेर गएको अवस्थामा भाग्न सफल भएपछि ती महिलाले आफ्ना श्रीमान र ससुराविरुद्ध जाहेरी दिएकी थिइन् । सोही जाहेरीको आधारमा उनीहरुलाई आइतवार पक्राउ गरिएको प्रहरी निरीक्षक शर्माले बताए ।पक्राउ परेकाहरु विरुद्ध ज्यान मार्ने उद्योग कसूर शीर्षकमा मुद्दा दर्ता भई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच