गोदावरी आसपासको जंगलमा लागेको डढेलो नियन्त्रण बाहिर, एक जनाको मृत्यु

गोदावरी आसपासको जंगलमा लागेको डढेलो नियन्त्रण बाहिर, एक जनाको मृत्यु

अर्थ चौतारी

गोदावरी आसपासको जंगलमा लागेको डढेलो नियन्त्रण बाहिर, एक जनाको ...

A A- A+

काठमाडौं  । ललितपुरको गोदावरी नगरपालिकाकाविभिन्न सामूदायिक वनमा लागेको आगलागी नियन्त्रण बाहिर गएको छ । वडा नम्बर ४ स्थितितपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा एक जनाको मृत्यु भइसकेको छ ।

प्रहरीका अनुसार आगलागी निभाउने क्रममा शंकर पहरी र रमेश पहरी घाइते भएको र शंकरको उपचारका क्रममा निधन भएको हो । उनीहरूलाई उपचारको लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा पठाइएको थियो ।

वडा नम्बर ४ का वडाध्यक्ष सानुभाई नगरकोटीका अनुसार आगो नियन्त्रणको प्रयास जारी राखिएको भएपनि नियन्त्रणका समस्या भइरहेको छ । आगो नियन्त्रणका लागि गएका स्थानीयलाई स्वास्थ्यमा समस्या आएपछि अक्सिजन समेत दिनुपरेको उहाँले बताउनुभयो ।

वनमा सल्ला, धुपी जस्ता रुखहरु रखेको र हावाहुरी चलिरहेकाले नियन्त्रणमा समस्या भएको उहाँको भनाइ छ । गोदावरी नगरपालिकाभित्रका तपेश्वर, लेले, ठैडोल लगायतका वनमा लागेको डढेलो नियन्त्रणका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले प्रयास जारी राखे पनि सफल हुन सकेको छैन ।

सिहंदरबार नजिकै रहेको सामूदायिक वनमा लागेको आगलागी नियन्त्रणमा संघीय सरकारले पहल नगरेको स्थानीयको गुनासो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?