शान्तिश्री परियारको अफिसियल गीत ‘लौन नि भैया’ सार्वजनिक

शान्तिश्री परियारको अफिसियल गीत ‘लौन नि भैया’ सार्वजनिक

अर्थ चौतारी

शान्तिश्री परियारको अफिसियल गीत ‘लौन नि भैया’ सार्वजनिक

A A- A+

काठमाडौं । गायिका शान्तिश्री परियारले तीजलाई लक्षित गर्दै 'लौन नि भैया' बोलको गीत सार्वजनिक गरेकी छन्। अमेरिकामा रहेकी उनले शनिबार आफ्नै युट्युबबाट यो गीत रिलिज गरेकी हुन्।

यो शान्तिश्रीको यस वर्षको पहिलो अफिसियल गीत हो।

डान्सिङ शैलीमा तयार गीतको संगीत र थेगो अर्जुन सापकोटाले तयार पारेका हुन्। शब्द बिक्रमबाबु विश्वकर्माले लेखेका हुन् भने संगीत संयोजन र ध्वनी मिश्रणको काम श्वामश्वेत रसाईलीले गरेका छन्।

भिडिओमा पल शाह र अञ्जली अधिकारी फिचर्ड छन्। गायिका शान्तिश्री स्वयं समेत भिडिओमा देखिएकी छन्।

शान्तिश्रीले वर्षमा १–२ वटा आफ्नै अफिसियल म्युजिक भिडिओहरू सार्वजनिक गर्ने गरेकी छन्। गतवर्ष उनले तीजमा ल्याएको गीत 'अरेली काँडैले' ले निकै चर्चा पाएको थियो। यसपालि 'लौन नि भैया' ले पनि स्रोता/दर्शकको माया पाउने अपेक्षा उनको छ।

यसको भिडिओलाई सुनिल बि.क.ले निर्देशन गरेका हुन्। गम्भीर विष्टले नृत्य निर्देशन गरेका छन्। नवराज उप्रेतीको छायांकन रहेको भिडिओमा प्रविन भट्टको सम्पादन छ।

शान्तिश्री यतिबेला झण्डै दुई महिना लामो तीज विशेष सांगीतिक टुरको शिलशिलामा अमेरिकामा छिन्।

उनी तीजपश्चात मात्रै नेपाल फर्किनेछिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?