साफ यू–२० च्याम्पियनसिप फुटबलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस् एचडीमा हुने

साफ यू–२० च्याम्पियनसिप फुटबलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस् एचडीमा हुने

अर्थ चौतारी

साफ यू–२० च्याम्पियनसिप फुटबलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस् एचडीमा ...

A A- A+

काठमाडौं । साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण डिश मिडिया नेटवर्कको एक्सन स्पोर्टस् एचडीले गर्ने भएको छ । हालै एएफसी च्यालेन्ज लिग छनोटको‌ चर्च ब्वाइज युनाइटेड र‌ पारो एफसीबीच खेलको प्रत्यक्ष प्रसारण गरेको एक्सन स्पोर्टस् एचडी च्यानलले साफ यू–२० च्याम्पियनसिपका खेलहरू पनि प्रत्यक्ष प्रसारण गर्ने भएको हो ।

भदौ २ गतेदेखि घरेलु मैदानमा हुने दक्षिण एसियाली क्षेत्रका २० वर्षमुनिका युवाहरूको फुटबल प्रतियोगिता (साफ यू–२० च्याम्पियनसिप)मा नेपाली टोलीको चाहना उपाधि जित्ने हुनेछ । उमेर समूहको प्रतिस्पर्धा भए पनि नेपाली टोलीमा राष्ट्रिय टिमबाट र घरेलु लिगहरूमा खेलेको अनुभवी खेलाडी रहनु बलियो पक्ष रहेको मुख्य प्रशिक्षक उर्जन श्रेष्ठ बताउँछन् ।

कप्तान कुशल देउवासँगै गोलकिपर जियारथ शेख, डिफेण्डर सिमान्त थापा, अश्विन घोरासैनी, विक्रम तामाङ, आयुष तिम्सिना, मिडफिल्डर निनसाङ लिम्बु, अविनाश स्याङ्तान, लक्षु थापा, फरवार्ड हरिशराज भट्ट, अनिल बम्जन, समीर तामाङ र निराजन धामीले गत वर्ष साफ यू–१९ च्याम्पियन समेत खेलेका थिए । कुशल, निराजन, अश्विन, हरिशले गत वर्ष नेपाल सुपर लिग (एनएसएल) पनि खेलेका थिए ।

फरवार्ड समीरले गत चैतमा विश्वकप छनोटअन्तर्गत बहराइनविरुद्धको खेलमा नेपालको सिनियर टोलीबाट डेब्यु गरेका थिए । समीरको सिनियर टिमको अनुभव काम लाग्ने कप्तान कुशलले बताए । "त्यो हाम्रो लागि एडभान्टेज हुन्छ । एक्सपोजर पाएका खेलाडीहरू छन् र टिम कम्पोज्ड बनेको छ," कुशलले भने ।

दक्षिण एसियाका पाकिस्तानबाहेक ६ टोलीले च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन् । नेपाल, श्रीलंका र बंगलादेश समूह ए मा छन् भने साविक विजेता भारत, भुटान र माल्दिभ्स समूह बी मा छन् । नेपालले १८ अगष्टमा श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपालले समूहको दोस्रो खेल २२ अगष्टमा बंगलादेशसँग खेल्नेछ । प्रतियोगिताका खेलहरू संयुक्त रूपमा दशरथ रंगशाला र सातदोबाटोको एन्फा टेक्निकल सेन्टर मैदानमा हुनेछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?