दूधकोशीको बाढीले क्षति गरेको थामे पुगेर उद्धारमा जुटे सुरक्षाकर्मी

दूधकोशीको बाढीले क्षति गरेको थामे पुगेर उद्धारमा जुटे सुरक्षाकर्मी

अर्थ चौतारी

दूधकोशीको बाढीले क्षति गरेको थामे पुगेर उद्धारमा जुटे सुरक्षाकर्मी

A A- A+

सोलुखुम्बु- सोलुखुम्बु जिल्लाको खुम्बु क्षेत्रमा हिमपोखरी फुटेर दूधकोशीमा आएको बाढीले क्षति गरेको थामे गाउँमा सुरक्षाकर्मी पुगेका छन् ।खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामे क्षेत्रमा हिमपोखरी फुटेर दूधकोशीमा ठूलो बाढी आउँदा थामे गाउँमा ठूलो क्षति भएको छ । सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री) ले दूधकोशीमा ठूलो बाढी आएको सूचनापछि प्रहरी र सेना परिचालन गरिएको बताएकी छन् ।खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा बाढीका कारण लगभग २० वटा घर पुरिएको प्रहरीले जनाएको छ । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी खत्रीका अनुसार बाढीमा फसेका पाँचजनाको उद्धार गरिएको  छ । एक जना बेपत्ता छन् । नेपाली सेना, नेपाल प्रहरीसहितका सुरक्षाकर्मीले बाढीमा फसेकाहरूको उद्धार गरेको हो । सुरक्षाकर्मीले जनावरको पनि उद्धार गरिरहेको छ । प्रजिअ पाण्डेले खुम्बु क्षेत्रमा हिमपहिरो झरेको हो या हिमपोखरी फुटेको यकिन नभएको बताइन् । उनका अनुसार अहिलेसम्म बाढीले दुई होटल बगाएको र छ । खुम्बु पासाङल्हामु गाउँपालिका–५ की वडासदस्य ङवाङ जाङ्मु शेर्पाले बाढीका कारण ठूलो क्षति भएको जानकारी दिइन् । उनकाअनुसार थामे क्षेत्रका धेरै घरमा भीषण बाढी पसेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?