माछा मार्ने क्रममा खोलाले बगाउँदा बेपत्ता

माछा मार्ने क्रममा खोलाले बगाउँदा बेपत्ता

अर्थ चौतारी

माछा मार्ने क्रममा खोलाले बगाउँदा बेपत्ता

A A- A+

ढोरपाटन (बागलुङ) । बागलुङको गलकोटमा माछा मार्ने क्रममा खोलाले बगाउँदा आज एकजना बेपत्ता भएका छन् ।

गलकोट नगरपालिका–१०, रमुवाका ४२ वर्षीय रमेश परियार दरमखोलामा माछा मार्ने क्रममा बेपत्ता भएका हुन् ।

गलकोट नगरपालिका–६ मा बस्दै आएका परियार २४ वर्षीय भाइ मनोज परियारसँग आज बिहान माछा मार्न गएका थिए । बेपत्ता रमेशको खोजी भइरहेको इलाका प्रहरी कार्यालय गलकोटका प्रमुख प्रहरी निरीक्षक थम्मन रानाले जानकारी दिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?