काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । भदौ ९ देखि ११ गतेसम्म बस्ने गरी बैठक राखिएको महासचिव घनश्याम भुसालले बताए । बैठकमा केन्द्रीय कमिटी सदस्यहरूको शपथ, केन्द्रीय संरचनाहरूको निर्माणसहित पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने उनले बताए । केन्द्रीय कमिटीले पूर्णता पाएपछि पहिलो पटक पूर्ण बैठक बस्न लागेको हो । दुई महिनाअघि भएको महाधिवेशनले अध्यक्ष, सम्मानित नेता र महासचिवसहित ९३ सदस्यीय केन्द्रीय कमिटी मात्रै घोषणा गरेको थियो । एक महिनापछि केन्द्रीय कमिटीलाई पूर्णता दिए पनि अझै १८ जना पदाधिकारी छान्न बाँकी छ ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच