काठमाडौं । सुनसरीमा जुवातास खेलिरहेको अवस्थामा आठजनालाई प्रहरीले पक्राउ गरेको छ । धरान उपमहानगरपालिका–८, भोटेपुलस्थित कञ्चनजंघा होटेल एन्ड लजको ३०३ नम्बर कोठामा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा उक्त होटेल सञ्चालक धरान–१६ की ४९ वर्षीया प्रमिला योङदेनसहित आठजना छन् । सोमबार (हिजो) राति उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
नगद ८६ हजार १० रुपैयाँ, १५ थान कौडा र तीन बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच