तलबमान निर्धारणमा भेदभाव नगर्न आग्रह

तलबमान निर्धारणमा भेदभाव नगर्न आग्रह

अर्थ चौतारी

तलबमान निर्धारणमा भेदभाव नगर्न आग्रह

A A- A+

काठमाडौं– नेपाल निजामती कर्मचारी युनियनले सबै पद तथा श्रेणीका कर्मचारीको पदसोपान एवं मर्यादाक्रम बमोजिम तलबमान निर्धारण गर्न सरकारसँग आग्रह गरेको छ । युनियनले आज एक विज्ञप्ति जारी गर्दै सर्वोच्चको आदेश अविलम्ब कार्यान्वयन गर्न माग गरेको छ ।

युनियनका केन्द्रीय सचिव तथा राजपत्र अनङ्कित कर्मचारी संरक्षण अभियानका अभियन्ता प्रकाश भट्टराईले तलबमान निर्धारणमा राजपत्र अनङ्कित कर्मचारीलाई बेवास्ता गरिएमा कर्मचारीहरू आन्दोलनमा उत्रिन बाध्य हुने बताए ।

सरकारले कुनैपनि वर्गका पदका कर्मचारीलाई विभेद गरेमा विभेदमा परेका कर्मचारीहरू आन्दोलनमा जान बाध्य हुने उनको भनाइ थियो ।
निजामती सेवा ऐनमा चक्रीय सरुवा प्रणाली, निश्चित समयावधि सेवा गर्ने कर्मचारीलाई माथिल्लो पदमा बढुवा गर्ने स्वचालित बढुवा प्रणाली, सहसचिव र उपसचिव पदको खुलातर्फको प्रतिष्पर्धामा राजपत्र अनङ्कित कर्मचारी पनि सहभागी हुन पाउनु पर्ने, तिनै तहमा कार्यरत कर्मचारीलाई निजामती कर्मचारीको परिभाषामा समावेश गर्नुपर्ने, माग राखेर राजपत्र अनङ्कित कर्मचारीहरूले सिंहदरबार केन्द्रित आन्दोलन गर्दै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?