गुल्मीमा जङ्गली च्याउ खाँदा ८ जना बिरामी

गुल्मीमा जङ्गली च्याउ खाँदा ८ जना बिरामी

अर्थ चौतारी

गुल्मीमा जङ्गली च्याउ खाँदा ८ जना बिरामी

A A- A+

गुल्मी । गुल्मीमा जङ्गली च्याउ खाएर एकै घरका ८ जना बिरामी परेका छन् ।

रेसुङ्गा नगरपालिका वडा नम्बर–८ निवासी ६५ वर्षका टोमबहादुर थापा, ६२ वर्षकी दिलकुमारी श्रीस, ३८ वर्षका लक्ष्मण थापा, २९ वर्षका विकास थापा, १० वर्षकी दिपशिखा थापा, १२ वर्षकी बिनिसा थापा, ४२ वर्षकी सिर्जना काउछा र ३९ वर्षकी गिता थापा बिरामी परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले बताए ।

रेसुङ्गा सामुदायिक वनबाट ल्याएको जङ्गली च्याउ खाँदा उनीहरू बिरामी परेका थिए । उनीहरुको जिल्ला अस्पताल तम्घास गुल्मीमा सामान्य उपचार पश्चात थप उपचारको लागी पाल्पा लगिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?