प्रेम सम्बन्धले चरम रुप लिँदा धनुषामा झडप, प्रहरीद्वारा ७ सेल अश्रुग्यास प्रहार

प्रेम सम्बन्धले चरम रुप लिँदा धनुषामा झडप, प्रहरीद्वारा ७ सेल अश्रुग्यास प्रहार

अर्थ चौतारी

प्रेम सम्बन्धले चरम रुप लिँदा धनुषामा झडप, प्रहरीद्वारा ७ ...

A A- A+

जनकपुरधाम । धनुषाको औरही गाउँपालिका–१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ । युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर दुई समूहबीच विवाद उत्पन्न भएको थियो ।

एक समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेपछि प्रहरीले बल प्रयोग गरेर खुलाउने प्रयास गर्दा झडप भएको हो । स्थिति नियन्त्रणमा लिन ७ सेल अश्रुग्यास प्रहार गरेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?