धनगढी । सुदूरपश्चिम प्रदेश सभाको पाँचौं अधिवेशन आह्वान भएको छ । शुक्रबार मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसका आधारमा प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सभाको पाँचौ अधिवेशन आह्वान गरेका हुन् । मियाँले पाँचौँ अधिवेशनको पहिलो बैठक आइतबार दिउँसो २ बजे बस्नेगरी बोलाउन सभामुख भीमबहादुर भण्डारीलाई पत्राचार गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । प्रदेश सभाको पाँचौं अधिवेशनमा मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिएर चालु आर्थिक वर्षका लागि बजेट ल्याउने तयारी गरेका छन् ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच