बंगलादेशको हिंसाबारे भारतलाई नोबेल विजेता युनुसको प्रश्न- भाइको घर जलिरहँदा चुप बस्न मिल्छ ?

बंगलादेशको हिंसाबारे भारतलाई नोबेल विजेता युनुसको प्रश्न- भाइको घर जलिरहँदा चुप बस्न मिल्छ ?

अर्थ चौतारी

बंगलादेशको हिंसाबारे भारतलाई नोबेल विजेता युनुसको प्रश्न- भाइको घर ...

A A- A+

ढाका- बंगलादेशका नोबेल पुरस्कार विजेता मोहम्मद युनुसले त्यहाँ भइरहेको प्रदर्शनलाई भारतले आन्तरिक मामिला भनेपछि आक्रोश पोखेका छन् ।

नोबेल पुरस्कार विजेता युनुसले भारत बंगलादेशमा जारी प्रदर्शन देशको आन्तरिक मामिला भनेर गरिएको टिप्पणी दु:खदायी भएको बताएका हुन् ।

अर्थशास्त्री मोहम्मद युनुसले बंगलादेशमा भइरहेको विद्यार्थीहरूको प्रदर्शनमा भारतको भनाइनलाई निराशाजनक भनेका छन् ।

उनले चेतावनी दिँदै बंगलादेशमा देखिएको अशान्ति छिमेकीसम्म पनि फैलिन सक्ने बताएका छन् ।

मोहम्मद युनुसले ‘इन्डियन एक्सप्रेस’ पत्रिकासँग कुरा गर्दै भारतले आन्तरिक मामिला भनेर गरेको टिप्पणीप्रति आफूलाई दु:ख लागेको बताएका हुन् ।

उनले भने, ‘जब तपाईंको भाइको घरमा आगो लाग्यो भने कसरी त्यो आन्तरिक मामिला हो भनेर तपाईं मौन बस्न सक्नु हुन्छ ?’

उनले कूटनीतिमा अझै अरु शब्दहरू भारतले व्यक्त गर्न सक्ने बताए । ‘कूटनीतिमा अझै अरु समृद्ध शब्द पनि छन् कुरा राख्नका लागि केबल यो आन्तरिक मामला भनिनु काफी होइन ।’

अघिल्लो महिना भारतले बंगलादेशको सरकारी जागिरमा आरक्षणलाई लिएर विद्यार्थीको हिंस्रक प्रदर्शनलाई लिएर टिप्पणी गर्न अस्वीकार गरेको थियो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले त्यसबेला भनेका थिए, ‘हामी यसलाई बंगलादेशको आन्तरिक मामिलाका रुपमा लिन्छौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?