काठमाडौँ । फिल्म ‘रोल नं १’ निर्माणको घोषणा गरिएको छ । सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुति रहने यो फिल्मको फस्टलुक सार्वजनिक गर्दै निर्माणको घोषणा गरिएको हो । फिल्मलाई जोन योञ्जनले निर्देशन गर्दैछन् । फिल्ममा जोनकै कथा रहनेछ ।
सार्वजनिक पोस्टरमा कक्षाकोठाबाट अन्तिम बेन्चबाट एक बालक हात उठाएर आफ्नो उपस्थिति जनाइरहेका छन् । यसले, फिल्मको भाव बोलेको प्रष्ट हुन्छ । फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद छ । फिल्ममा प्रशान्त सिवाकोटीको संगीत रहनेछ । फिल्मको कलाकार छिट्टै फाइनल गरिने बताइन्छ । सेभेन सिजले अहिले फिल्म ‘पूर्ण बहादुरको सारङ्गी निर्माण गरिरहेको छ । यसको छायांकन सकेलगतै ‘रोल नं १’को छायांकन सुरु हुने बताइन्छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच