सौर्यको जहाज दुर्घटनाको छानबिन समितिका सदस्यमाथि प्रश्न

सौर्यको जहाज दुर्घटनाको छानबिन समितिका सदस्यमाथि प्रश्न

अर्थ चौतारी

सौर्यको जहाज दुर्घटनाको छानबिन समितिका सदस्यमाथि प्रश्न

A A- A+

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको छानबिन गर्न गठित समितिका सदस्यमाथि प्रश्न उठाएका छन् ।आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले छानबिन गर्नुपर्ने व्यक्तिकै भिनाजु नाता पर्ने व्यक्तिलाई छानबिन समितिमा राखेको भनेर प्रश्न उठाएका हुन् ।‘छानबिन समितिको गठनमा नै प्रश्न उठेको छ । सौर्य एयरलाइन्स दुर्घटनामा अनुसन्धानको दायरामा सबैभन्दा पहिलो आउने सुरक्षा प्रमुखका भिनाजुलाई आयोगमा राखिएको छ’ लिङ्देनले प्रश्न गरे ।एउटै व्यक्तिलाई पटक–पटक छानबिनको जिम्मेवारी दिने गरिएको भनेर पनि उनले सरकारमाथि प्रश्न उठाए ।विमानलाई सी–चेकका लागि पोखरा नै लैजानु पर्ने कारण समेत थाहा हुन नसकेको बताए । काठमाडौँमा सी–चेक हुन सक्ने हो कि होइन ? भन्ने विषयमा सरकारले जवाफ दिनुपर्ने माग गरे ।गत बुधबार त्रिभुवन विमानस्थलबाट पोखरातर्फ उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो । दुर्घटनामा परेर जहाजमा सवार १९ मध्ये विमान चालक मनिषरत्न शाक्यबाहेक सबैको मृत्यु भएको छ । विमान चालक शाक्यको अहिले सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?