गाजामा हमासको नियन्त्रणमा रहेका दुई बन्धकको मृत्यु

गाजामा हमासको नियन्त्रणमा रहेका दुई बन्धकको मृत्यु

अर्थ चौतारी

गाजामा हमासको नियन्त्रणमा रहेका दुई बन्धकको मृत्यु

A A- A+

एजेन्सी– गाजामा हमासले बन्दी बनाएका दुई बन्धकको मृत्यु भएको इजराइली अभियान समूह होस्टेजेज एन्ड मिसिङ फ्यामिलिज फोरमले सोमबार बताएको छ । फोरमका अनुसार अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा अपहृत ३५ वर्षीय यागेभ बुचश्ताब र ७६ वर्षीय एलेक्स डान्सिङको मृत्यु बन्धकहरूलाई घर फर्काउने ‘अत्यावश्यकताको कडा सम्झना’ हो । फोरमले उहाँहरूको मृत्यु कहिले भएको भन्नेबारे कुनै जानकारी दिएको छैन ।‘उहाँहरूको शव हमास लडाकु समूहले राखेको छ’, इजराइली सेनाले छुट्टै विज्ञप्तिमा भनेको छ, ‘हमासको कैदमा उहाँहरूको मृत्युको अवस्थाको अनुसन्धान सबै पेशेवर अधिकारीहरूले गरिरहेका छन् ।’फोरमका अनुसार बुचश्ताबलाई उनकी श्रीमती रिमोन बुचश्ताब किर्ष्टसँगै किबुत्ज निरिमस्थित उनीहरूको घरबाट अपहरण गरिएको थियो । श्रीमतीलाई ५० दिनपछि रिहा गरिएको थियो । यहुदी नरसंहारबाट बचेकाहरूको घरमा जन्मिएका डान्सिङले याद वाशेम नामक इन्टरनेसनल होलोकास्ट रिमम्बरेन्स इन्स्टिच्युटमा काम गर्नुभएको थियो र त्यहाँ हजारौँ गाइडलाई तालिम दिएका थिए। फोरमका अनुसार आफूसँगै बन्दी बनाइएका बन्धकहरूले डान्सिङले कैदमा साथी बन्धकहरूलाई इतिहासको ब्याख्यान दिँदै समय व्यतीत गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?