उपसभामुखको बचाउमा रास्वपा– धेरै दलका नेताले भिसा सिफारिस नै गर्ने गरेका छन्

उपसभामुखको बचाउमा रास्वपा– धेरै दलका नेताले भिसा सिफारिस नै गर्ने गरेका छन्

अर्थ चौतारी

उपसभामुखको बचाउमा रास्वपा– धेरै दलका नेताले भिसा सिफारिस नै ...

A A- A+

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा रानामगरले अमेरिकी दूतावासलाई लेखेको पत्र प्रकरणमा पहिलोपटक औपचारिक धारणा सार्वजनिक गर्दै अमेरिकी भिसाका लागि आर्थिक लेनदेन नभएको जिकीर गरेको छ । भिसाको लागि अग्रिम मितिको आग्रह गरिएका व्यक्तिहरु नेपाल अध्यागमन विभागको रेकर्डमा देश बाहिर गएको नेदेखिएको र कुनै आर्थिक लेनदेन भएको भन्ने तथ्य र प्रमाण उपलब्ध हुन नसकेको रास्वपाको भनाइ छ । रास्वपाले उपसभामुखको पत्र प्रकरणको बचाउ गर्दै भनेको छ, ‘धेरै दलका नेताले भिसा अन्तर्वार्ता मितिका लागि मात्रै होइन, भिसाकै लागि माैखिक र लिखित सिफारिश गर्ने गरेको पाइएको छ । संघीय संसद लगायत उच्च पदासीन व्यक्तिलाई पहिले नै जानकारी गराइसकिएको विषय अहिले अनर्गल प्रचार गराइएको छ ।’ रास्वपाबाट उपसभामुख बनेकी इन्दिरा रानामगरले उपसभामुख रानामगरले पाँच व्यक्तिलाई अमेरिका लैजान भनी नेपालस्थित अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि उनी विवादमा तानिएकी छन् । एक वर्ष अघि ‘कमिसन अन द स्टाटस अफ वुमन’को ६७ औं सत्रमा भाग लिन जाने क्रममा उनले आफूसँगै ४ पुरुष र एक महिलालाई समेत लैजानेगरी दूतावासमा पत्र पठाएकी थिइन् । आर्थिक लेनदेनसँग सम्बन्धित अडियो संवादसमेत सार्वजनिक भएको छ । त्यसको सूचना आएपछि पार्टीबाट तुरुन्तै सोधखोज गरिएको रास्वपाले जनाएको छ । ‘भिसाको माग गरिएको वा आर्थिक लेनदेन भएको कुनै तथ्यगत आधार देखिँदैन,’ रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले आज जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?