उद्योगमन्त्री भण्डारीले अस्पताल पुगेर भेटे पूर्वप्रधानमन्त्री चन्द

उद्योगमन्त्री भण्डारीले अस्पताल पुगेर भेटे पूर्वप्रधानमन्त्री चन्द

अर्थ चौतारी

उद्योगमन्त्री भण्डारीले अस्पताल पुगेर भेटे पूर्वप्रधानमन्त्री चन्द

A A- A+

काठमाडौं । बिरामी भएर वीर अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई शनिबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भेट गरेका छन् । बिहीबारदेखि वीर अस्पताल उपचाररत ८५ वर्षीय चन्दलाई निमोनियाको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको उनका छोरा अरुण चन्दले जानकारी दिए । उनका अनुसार अहिले स्वास्थ्यमा क्रमिक सुधार भइरहेको र मङ्गलबारसम्म ‘डिस्चार्ज’ हुने अपेक्षा गरिएको छ । शनिबार उद्योगमन्त्री भण्डारीले भेटेर चन्दको स्वास्थ्य लाभको कामना गरे । पूर्वप्रधानमन्त्री चन्द र भण्डारी एकै जिल्ला बैतडीका बासिन्दा हुन् । उद्योगमन्त्री भण्डारीले चन्दको स्वास्थ्यलाभको कामना गर्दै घर फर्किएपछि मन्त्रालयका विषयमा सुझाव लिन निवासमै आउने समेत बताएका छन् । उद्योगमन्त्री भण्डारीसँगै नेकपा एमालेका सुदूपश्चिम प्रदेश सचिव रणबहादुर चन्द पनि अस्पताल पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?