विराटनगर । सुनसरीको धरानकी संजिता धमलालाई सार्वजनिक स्थलमा आक्रमण गर्ने ७ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । धरानस्थित वी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्न एक्सरेको लाइनमा बसिरहेको अवस्थामा धमलालाई सात जना महिलाको समूहले आक्रमण गरेको थियो ।
आक्रमणमा संलग्नविरुद्ध धमलाले दिएको जाहेरीका आधारमा अनुसन्धान अघि बढाइएको र अभद्र व्यवहारसम्बन्धी कसूरमा पक्राउ गरिएका ७ जनालाई जिल्ला प्रशासन कार्यालय सुनसरीबाट म्याद थप अनुमति लिएको सुनसरी प्रहरीले जनाएको छ ।
सो घटनामा संलग्न भएको भन्दै प्रहरीले धरान–१५ की ४२ वर्षीय चन्द्रकला थेवे, धरान १९ की ३४ वर्षीय मुना राई, धरान १७ की ५६ वर्षीय प्रमिला राई, धरान ११ की ४५ वर्षीय शर्मिला राई, धरान १ की ५२ वर्षीय शर्किनी थापा मगर, धरान १७ की ४० वर्षीय पूर्ण वान्तावा राई र ३५ वर्षीय सिर्जना बेघालाई पक्राउ गरी कारबाही अगाडि बढाएको हो । घटनामा संलग्न अन्यको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच