काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई औपचारिक बधाई पठाएका छन् । एमालेका अध्यक्ष अोली प्रधानमन्त्रीमा नियुक्त हुने बित्तिकै सबभन्दा पहिले आफ्नो ट्वीटरबाट बधाई दिएका मोदीले दुई पन्नाका लिखित बधाई पठाएका हुन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सो बधाई पत्रका प्रधानमन्त्री अोलीलाई बधाई दिनुको साथै दुई देशको सम्बन्धको बारेमा पनि चर्चा गरेका छन् । प्रधानमन्त्री मोदीले विगतमा पनि प्रधानमन्त्री ओलीसँग विगतमा गरेको सहकार्यको पनि चर्चा गरेका छन् । विगतमा ओलीसँग गरेको कामको अनुभवका आधारमा आउने दिनमा दुई देशको विकास र समृद्धिमा मिलेर कार्य गर्ने भनिएको स्रोतले दाबी गरेको छ ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच