३० लाख आम्दानी रहेको चुरेमा ३३ लाखको खाना, ३२ लाख भ्रमणमा स्वाहा

३० लाख आम्दानी रहेको चुरेमा ३३ लाखको खाना, ३२ लाख भ्रमणमा स्वाहा

अर्थ चौतारी

३० लाख आम्दानी रहेको चुरेमा ३३ लाखको खाना, ३२ ...

A A- A+

एक बर्षमा आन्तरिक आम्दानी ३० लाख गरेको कैलालीको चुरे गाउँपालिकाले ३३ लाख बढी खानामा खर्च गरेको छ । चुरे गाउँपालिकाले आर्थिक बर्ष २०७९/८० मा ३३ लाख १८ हजार १ सय ४१ रुपयाँ खाना तथा खाजामा खर्च गरेको छ । सो आर्थिक बर्षमा गाउँपालिकाले आन्तरिक आम्दानी ३० लाख मात्रै गरेको छ । गाउँपालिकाले थप ३ लाख ५० हजार सभा सञ्चालनमा खर्च गरेको छ । यो जोड्दा खाना, खाजा तथा सभा सञ्चालन लगायतमा मात्रै गाउँपालिकाले ३६ लाख बढी खर्च गरेको छ ।गाउँपालिकाले आन्तरिक आयको १ सय २२ प्रतिशत बढी खाना तथा बिविध तर्फ खर्च गरेको हा । महालेखा परिक्षकको प्रतिवेदनमा सो खर्च आन्तरिक आयको भन्दापनि निकै बढी देखिएका कारण खर्च घटाउनुपर्ने उल्लेख गरिएको छ । स्थानिय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ बमोजिम ब्ययको बजेट अनुमान आन्तरिक आयको परिधि भित्र रही औचित्यको आधारमा बिविध खर्च गरिनुपर्ने भएपनि चुरेले आन्तरिक आम्दानी भन्दा बढी बिविध खर्च गरेको छ ।यस्तै चुरे गाउँपालिकाले भ्रमणका नाममा ३२ लाख बढी बजेट खर्च गरेको छ । महालेखाको प्रतिवेदनमा उल्लेख भए अनुसार गाउँपालिकाले कर्मचारी तथापदाधिकारीलाई भ्रमण खर्च वाफत अनुगमन तथा मुल्याकंन शिर्षकबाट ११ लाख र भ्रमण खर्च शिर्षकबाट २१ लाख ९९ हजार २ सय ८० गरी जम्मा ३२ लाख ९९ हजार २ सय ८० रुपयाँ खर्च गरेको छ । महालेखाका अनुसार अधिकाशं भ्रमणको उद्देश्य र प्रायोजन कार्यालयको कामकै लागी हो भन्ने प्रमाण स्पस्ट भएको छैन । पदाधिकारी तथा कर्मचारीहरुले भ्रमणको प्रतिवेदन तथा उद्देश्य समेत स्पस्ट नगरी भुक्तानी लिएको प्रतिवेदनमा उल्लेख छ । भ्रमण तथा अनुगमनका नाममा गरिएको खर्चमा मितब्ययिता कायम नभएकाले अब हुने खर्चलाई मितब्ययी बनाउन महालेखाले सुझाव दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?