झुटो मुद्दाले घर नै लिलाम गर्नुपर्ने अवस्थामा पुगे यी अभिनेता

झुटो मुद्दाले घर नै लिलाम गर्नुपर्ने अवस्थामा पुगे यी अभिनेता

अर्थ चौतारी

झुटो मुद्दाले घर नै लिलाम गर्नुपर्ने अवस्थामा पुगे यी ...

A A- A+

लस एन्जलस । दुई पटकका ओस्कर विजेता हुन् बलिउडका चर्चित अभिनेता केभिन स्पेसी । केही वर्ष अघि उनमाथि यौन उत्पीडनका कयौँ आरोप लागेका थिए । गएको वर्ष उनी सबै आरोपबाट मुक्त भए । यौन उत्पीडन र अनुचित व्यवहारका कुनै पनि मामिलामा उनी दोषी भेटिएनन् ।तर उनीमाथि लागेको आरोपका कारण अभिनेता कङ्गाल बनेका छन् । स्पेसीले पछिल्ला कयौँ वर्षहरू अदालतको चक्कर काटेर बिताए । कानुनी फिसको खर्च पनि थुप्रै आएको थियो । अब अवस्था यस्तो भएको छ कि अभिनेता ऋणमै चुर्लुम्म डुबेका छन् । अहिले पनि दसौँ लाख डलर कानुनी फिस पनि तिर्न बाँकी छ ।बक्यौता बिल तिर्न नसकेपछि अभिनेता बस्दै आएको घर जफत गरिएको छ । सो घरको लिलाम विक्री हुन लागेको छ । आफूसँग अब पैसै नभएको उनी बताउँछन् । सन् २०१७ मा मिटू आन्दोलन छेडिएपछि स्पेसीमाथि यौन उत्पीडन र अनुचित व्यवहार गरेको आरोप लागेको थियो । यसबाहेक चार जनाले उनीमाथि उत्पीडनको नौ वटा आरोप लगाएका थिए । तर यीमध्ये कुनै पनि आरोपमा अभिनेता दोषी भेटिएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?