इजरायली आक्रमण : गाजामा ८१ जनाको मृत्यु

JPG converted with https://ezgif.com/webp-to-jpg

इजरायली आक्रमण : गाजामा ८१ जनाको मृत्यु

अर्थ चौतारी

इजरायली आक्रमण : गाजामा ८१ जनाको मृत्यु

A A- A+

इजरायल – इजरायली आक्रमणमा परेर शनिबार ८१ जना गाजाबासीको मृत्यु भएको छ । हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले कम्तीमा ८१ जना गाजाबासीको इजरायली आक्रमणमा ज्यान गएको बताएको हो । गाजा सहरको रगंशालामा नजिकै भएको एउटै आक्रमणमा बालबालिकासहित ८१ जनाको ज्यान गएको अल साइफा अस्पतालले जानकारी दिएको हो । उक्त आक्रमणमा चर सय जना घाइते भएका थिए।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को साता युद्ध विराम हुने विश्वास व्यक्त गरेका छन् । कतारले पनि युद्ध विरामको सम्भावना व्यक्त गरेको छ ।

यसअघि १९ जनवरीमा तीन चरणका लागि भन्दै सहमति भए पनि पहिलो चरणपछि युद्ध विराम अघि बढ्न सकेको छैन । दोस्रो चरणमा पूर्णकालीन युद्ध विरामको विषय थियो । यस अन्तरगत सम्पूर्ण बन्दी रिहा, इजरायली जेलमा रहेका प्यालेस्टाइनी रिहा तथा बाजागाजाबाट इजरायली सेना फिर्ता गर्ने विषय थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?