रूसले युक्रेनको ऊर्जा पूर्वाधारलाई लक्षित गरेको ड्रोन तथा सिसाइल आक्रमणमा तीन जनाको मृत्यु

रूसले युक्रेनको ऊर्जा पूर्वाधारलाई लक्षित गरेको ड्रोन तथा सिसाइल आक्रमणमा तीन जनाको मृत्यु

अर्थ चौतारी

रूसले युक्रेनको ऊर्जा पूर्वाधारलाई लक्षित गरेको ड्रोन तथा सिसाइल ...

A A- A+

रूसले सोमबार युक्रेनको ऊर्जा पूर्वाधारलाई लक्षित गरी गरेको ड्रोन तथा सिसाइल आक्रमणमा कम्तीमा तीनजनाको मृत्यु भएको जनाइएको छ । स्रोतका अनुसार मध्यरातमा सुरु भएको उक्त आक्रमण युक्रेनविरुद्ध रूसको ठूलो आक्रमण हो । युक्रेनी वायु सेनाका अनुसार रुसी ड्रोनका धेरै समूहहरू युक्रेनको पूर्वी, उत्तरी, दक्षिणी र मध्य क्षेत्रहरूतर्फ प्रहार भएका थिए । प्रहार भएका हतियारमध्ये केही क्रुज र ब्यालेस्टिक मिसाइलहरू पनि थिए ।

आक्रमणका कारण भएका विस्फोटको आवाज राजधानी किएभमा समेत सुनिएको र आक्रमणका कारण युक्रेनका मुख्य सहरमा विद्युत र पानीको आपूर्ति अवरुद्ध भएको किएभका मेयर भिटाली क्लिट्स्कोले बताउनुभएको छ ।

युक्रेनको पश्चिमी शहर लुत्स्कका मेयर इहोर पोलिशचुकले आक्रमणले एक बहुमंजिला आवासीय भवन र पूर्वाधारमा प्रहार हुनुका साथै एक व्यक्तिको मृत्यु भएको बताउनुभयो । मध्य ड्निप्रोपेट्रोभस्क क्षेत्रमा आक्रमणले अर्का एक व्यक्तिको मृत्यु हुनुका साथै आगलागी निम्त्याएको क्षेत्रीय प्रमुख सेरही लिसाकले बताउनु भयो ।

जापोरिझियाको दक्षिणपूर्वी, आंशिक कब्जा गरिएको क्षेत्रमा पनि एक व्यक्तिको मृत्यु भएको क्षेत्रीय प्रमुख इभान फेडोरोभले बताउनुभयो । युक्रेनको निजी ऊर्जा कम्पनी डिटेकेले ‘आपतकालीन ब्ल्याकआउट’ को घोषणा गर्दै विज्ञप्तिमार्फत देशभरका ऊर्जा कामदारहरूले युक्रेनीको घरमा ऊर्जाको पुनस्र्थापना गर्न लागि पर्न निर्देशन दिनुभयो । सेनाले आक्रमण पछि छिमेकी देश पोल्याण्डमा, देशको पूर्वी भागमा प्रहरी र नेटो हवाई सुरक्षा सक्रिय भएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?