भारतको आईआरईडीएले नेपालमा लगानी गर्ने, जीएमआर कर्णालीको १० प्रतिशत सेयर किन्दै

भारतको आईआरईडीएले नेपालमा लगानी गर्ने, जीएमआर कर्णालीको १० प्रतिशत सेयर किन्दै

अर्थ चौतारी

भारतको आईआरईडीएले नेपालमा लगानी गर्ने, जीएमआर कर्णालीको १० प्रतिशत ...

A A- A+

काठमाडौँ । भारतको रिन्यूएबल इनर्जी डेभलपमेन्ट एजेन्सी लिमिटेड (आईआरईडीए)ले नेपालमा २९० करोड भारु लगानी गर्ने भएको छ । कम्पनीले नेपालमा जलविद्युत उत्पादन र ट्रान्समिसन लाइन निर्माणका लागि ठुलो लगानी गर्ने भएको हो ।

भारतीय सञ्चारमाध्यम इकोनोकि टाइम्सका अनुसार जीएमआर अप्पर कर्णाली हाइड्रोपावर लिमिटेड र कर्णाली ट्रान्समिसन कम्पनीको १० प्रतिशत सेयर किन्दै नेपालमा लगानी अघि बढाउने छ । कम्पनीले एसजेभिएनले स्थापना गरेको ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली हाइड्रोइलेक्ट्रिक पावर प्रोजेक्टमार्फत नेपालमा रणनीतिक लगानी गर्ने बताइएको छ ।

तर आईआरईडीएको यो सम्भावित लगानी भारतीय नियामकीय निकायको अनुमतिमा भर पर्छ । कम्पनीको हालसालै सम्पन्न सञ्चालक समितिको बैठकले नेपालमा लगानीको योजना समर्थन गरेको थियो । साथै नवीकरणीय ऊर्जाको पूर्वाधार निर्माणमा र प्रोत्साहनका लागि अन्तर्राष्ट्रिय इनर्जी कर्पोरेसनको विस्तार गर्ने योजनामा समेत छलफल भएको थियो ।

‘यो रणनीतिक लगानी योजना हाम्रो प्रतिबद्धता बमोजिम हुन्छ । हामीले नवीकरणीय ऊर्जाको पूर्वाधार र अन्तर्राष्ट्रिय सहकार्यको प्रतिबद्धता गरेका थियौँ,’ आईआरईडीएका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रदीपकुमार दास भन्छन् । यो लगानीबाट नेपालको ऊर्जा उत्पादनको सम्भावनालाई प्रोत्साहन गर्न र क्षेत्रीय ऊर्जा सुरक्षालाई बल पुर्याउन सहयोगी भूमिका खेल्छ । यो लगानीका लागि कम्पनीले जीएमआर र नेपाल विद्युत् प्राधिकरणसँग सहकार्य पर्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?