झोल्लिएको पाखुरा कस्ने योगासन

झोल्लिएको पाखुरा कस्ने योगासन

अर्थ चौतारी

झोल्लिएको पाखुरा कस्ने योगासन

A A- A+

एजेन्सी । खराब खानपान तथा कसरतको कमीले पाखुरामा बोसो जम्मा हुन थाल्छ । जसले गर्दा तपाईंको शरीर नै नसुहाउँदो देखिन्छ ।साथमा पाखुरा देखिने खालको कपडा लगाउँदा पनि सुहाउँदैन । त्यसैले समयमै विभिन्न योगासन गरेर पाखुराको झोल्लिएको बोसो वा मासुलाई कस्न सक्नुहुन्छ । आज हामी त्यस्तै केही योगासन बारे बताउनेछौं-

त्रिकोणासन

त्रिकोणासन गर्दा शरीरमा विशेषगरी पाखुरामा लचिलोपन आउँछ । साथमा यसले पाखुराको मांसपेशीलाई कस्ने काम गर्छ । जसले गर्दा झोल्लिएको पाखुरा आफ्नै आकारमा आउनेछन् ।

भुजंगासन

पाखुराको बोसो कम गर्नका लागि भुजंगासनको अभ्यास गर्न सकिन्छ । साथमा यसलाई गर्दा डाढको हड्डीमा पनि लचिलोपन आउँछ । सम्पूर्ण तरिकाले यो आसन तपाईंलाई फाइदाजनक हुनेछ ।

वृक्षासन

वृक्षासनले पनि झोल्लिएको पाखुरालाई आफ्नै आकारमा ल्याउन सहयोग गर्छ । साथमा यसले कम्मरमा जम्मा भएको बोसो पनि कम हुन्छ ।

अधोमुखश्वानासन

यो योगासन गर्दा पनि पाखुरालाई बलियो तथा कसिलो बनाउन सकिन्छ । साथमा यसले खुट्टा, कम्मर र डाढलाई पनि फाइदा गर्छ । यसले सम्पूर्ण शरीरको मांसपेशीमा लचिलोपन ल्याउँछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?