आईसीसीको अध्यक्ष बन्न बीसीसीआईको सचिव पद त्याग्ने तयारीमा जय शाह

आईसीसीको अध्यक्ष बन्न बीसीसीआईको सचिव पद त्याग्ने तयारीमा जय शाह

अर्थ चौतारी

आईसीसीको अध्यक्ष बन्न बीसीसीआईको सचिव पद त्याग्ने तयारीमा जय ...

A A- A+

काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव जय शाहले आफ्नो पदबाट राजीनामा दिने बताइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उनी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को अध्यक्ष पदमा चुनाव लड्ने तयारीमा छन् ।आईसीसीको निर्वाचन आगामी नोभेम्बरमा हुने समाचारमा जनाइएको छ । जय शाह र बीसीसीआईले भने आधिकारिक रूपमा यस विषयमा केही बताएका छैनन् । आईसीसीको वार्षिक साधारणसभा यसै महिना श्रीलंकाको कोलम्बोमा हुने भएको छ तर, वार्षिक साधारण सभाको एजेन्डामा अध्यक्ष पदको निर्वाचनलाई भने समेटिएको छैन । यदि जय शाह आईसीसीको अध्यक्षमा निर्वाचित भए भने उनी हालसम्मकै सबैभन्दा कम उमेरका अध्यक्ष बन्नेछन् । हाल न्युजिल्यान्डका ग्रेड बार्कले आईसीसीको अध्यक्ष पदमा आसीन छन् ।जय शाह सन् २००९ देखि भारतीय क्रिकेट राजनीतिमा सक्रिय भएका हुन् । बीसीसीआईको सचिव बन्नुअघि उनी गुजरात क्रिकेट संघको सचिव थिए । उनी सन् २०१५ मा बीसीसीआईमा जोडिएका थिए त्यसको चार वर्षपछि सन् २०१९ मा उनी बीसीसीआईको सचिव बनेका हुन् । उनले आईसीसीको अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुने तयारी अगाडि बढाएको समाचारमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?