नेप्सेमा २१ अंकको वृद्धि, ६ अर्बभन्दा बढीको कारोबार

नेप्सेमा २१ अंकको वृद्धि, ६ अर्बभन्दा बढीको कारोबार

अर्थ चौतारी

नेप्सेमा २१ अंकको वृद्धि, ६ अर्बभन्दा बढीको कारोबार

A A- A+

काठमाडौँ – यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिँदा कारोबार रकम छ अर्ब नाघेको छ। नेप्सेका अनुसार आज परिसूचक २१ दशमलव २७ अंकले बढेर दुई हजार एक सय ४० दशमलव ९७ विन्दुमा कायम भएको हो।

आज तीन सय २५ कम्पनीको एक करोड ४० लाख १४ हजार छ सय २२ कित्ता शेयर ८० हजार आठ सय ३८ पटक खरिदबिक्री हुँदा रु छ अर्ब २९ लाख ३१ हजार आठ सय ५४ बराबरको कारोबार भएको छ।

विकास बैंक समूह शून्य दशमलव २४, वित्त समूह दुई दशमलव ०७ र व्यापार समूह दुई दशमलव २३ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ। बैंकिङ शून्य दशमलव ७८, होटल तथा पर्यटन दुई दशमलव ९६, जलविद्युत् शून्य दशमलव ०१, लगानी एक दशमलव ८५ र जीवन बीमा एक दशमलव ५२ प्रतिशतले बढेको छ।

उत्पादन तथा प्रशोधन एक दशमलव १७, लघुवित्त एक दशमलव ४६, म्युचुअल फण्ड शून्य दशमलव ३२, निर्जीवन बीमा एक दशमलव ३२ र अन्य समूहको उपसूचक दुई दशमलव २५ प्रतिशतले बढेको छ।

सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै पाँच दशमलव २५ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै घट्नेमा भने मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको रु २१ करोड ७१ लाख ४८ हजार आठ सय एक बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर सङ्ख्याका आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको चार लाख ७५ हजार सात सय ३० कित्ता शेयर किनबेच भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?