‘इन्टिमेट सिन गर्न कुनै हिचकिचाहट छैन तर प्रचारका लागि जबरजस्ती समावेश गर्नुहुँदैन’

‘इन्टिमेट सिन गर्न कुनै हिचकिचाहट छैन तर प्रचारका लागि जबरजस्ती समावेश गर्नुहुँदैन’

अर्थ चौतारी

‘इन्टिमेट सिन गर्न कुनै हिचकिचाहट छैन तर प्रचारका लागि ...

A A- A+

मुम्बई । रकुल प्रीत सिंहको नाम बलिउडकी ग्ल्यामरस अभिनेत्रीमा गनिन्छ । उनले एक अन्तर्वार्तामा इन्टिमेट सिनको बारेमा कुरा गरेकी थिइन् । उनले आफूलाई इन्टिमेट सिन गर्न कुनै हिचकिचाहट नभएको बताइन् । रकुलले भनिन्–‘म दृश्यको मागअनुसार इन्टिमेट सिन वा लिपलक गर्न तयार छु । तर प्रचारका लागि यस्ता दृश्यलाई फिल्ममा जबरजस्ती समावेश गर्नुहुँदैन ।’ न्युज १८ को रिपोर्टका अनुसार अभिनेत्रीले ग्ल्यामर फिल्म उद्योगको अत्यावश्यक हिस्सा भएको बताउँदै सबैले आफ्नो मनपर्ने अभिनेत्रीलाई ग्ल्यामरस कपडामा हेर्न चाहेको बताइन् ।रकुल छिट्टै फिल्म ‘इन्डियन २’ मा देखिनेछिन् । यो फिल्म जुलाई १२ मा हलमा रिलिज हुनेछ । फिल्ममा कमल हसन मुख्य भूमिकामा देखिनेछन् । उनीहरूका अलावा प्रिया भवानी शंकर, काजल अग्रवाल, बबी सिम्हा, सिद्धार्थ, समुथिराकनी र ब्रह्मानन्दम पनि यस फिल्मको हिस्सा रहनेछन् ।यो फिल्मको पहिलो भाग सन् १९९६ मा रिलिज भएको थियो । अब २८ वर्षपछि यसको दोस्रो भाग रिलिज हुँदैछ । यस बाहेक रकुल फिल्म ‘दे दे प्यार दे’ को सिक्वेलमा पनि देखिनेछिन् । यस फिल्ममा उनको साथ अजय देवगन र आर माधवन रहनेछन् ।रकुल प्रीतले सन् २००९ मा कन्नड फिल्म ‘गिल्ली’ बाट इन्डस्ट्रीमा प्रवेश गरेकी थिइन् । उनले हिन्दी, तेलुगु र तमिल सबै फिल्ममा काम गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?