काठमाडौं । मोरङ र सुनसरीको सिमानामा पर्ने बुढीखोलाको बाढीले एकै परिवारका चार जनालाई बगाएको छ ।बिहीबार दिउँसो माछा मार्ने क्रममा सुन्दरहरैँचा नगरपालिका–५ का एकै परिवारका चारजना बगेका हुन् । त्यसमध्ये एक जनाको मृत्युभएको छ । फुदनी भन्ने २२ वर्षीया प्रेमकला चौधरीको शव फेला परेको वडाध्यक्ष गणेश चौधरीले जनाकारी दिए । बढीले बगाउँदा सोही परिवारका दुईजना अझै बेपत्ता छन् ।बेपत्ता भएका ६० वर्षीया असरादेवी चौधरी र अन्दाजी २५ वर्षीया जेठी बुहारी फुला चौधरीको खोजी भइरहेको छ ।माइली बुहारी २२ वर्षीया स्वस्तिका चौधरी भने सकुशल रहेको वडाध्यक्ष चौधरीले बताए ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच