न्युजिल्यान्डको फेस्टिभलमा छानियो सुविना श्रेष्ठको डकुमेन्ट्री ‘देवी’

न्युजिल्यान्डको फेस्टिभलमा छानियो सुविना श्रेष्ठको डकुमेन्ट्री ‘देवी’

अर्थ चौतारी

न्युजिल्यान्डको फेस्टिभलमा छानियो सुविना श्रेष्ठको डकुमेन्ट्री ‘देवी’

A A- A+

काठमाडौं । पत्रकार सुविना श्रेष्ठले निर्देशन गरेको डकुमेन्ट्री फिल्म ‘देवी’ न्युजिल्यान्डको डकएज फेस्टिभलमा छानिएको छ । अस्कर अवार्डमा न्युजिल्यान्डबाट फिल्म मनोनयन गर्ने फेस्टिभल डकएजमा नेपालको सशस्त्र युद्धमा यौनहिंसा बेहोरेका देवी खड्का लगायत महिलाबारे श्रेष्ठले बनाएको फिल्म चयन भएको हो ।सत्यनिष्ठा र मेलमिलाप भन्ने थिममा आधारित भएर प्रतिष्पर्धा गरेका फिल्ममध्ये श्रेष्ठको देवी परेको फेस्टिभलले आफ्नो वेबसाइटमा सार्वजनिक गरेको छ । ‘कथावाचनको सीमा भत्काउँदै टाढा-टाढाका कथाहरुलाई विचारोत्तेजक ढंगले देखाउनु डक एजको काम हो,’ वक्तव्यमा भनिएको छ, ‘सुविना र फिल्मकी पात्र देवी उक्त फेस्टिभलमा छानिएका छन्, उनीहरु समारोहमा उपस्थित हुने जानकारी गराउँछौं ।’देवी, निर्देशक श्रेष्ठसँगै प्यालेस्टाइनी नोबल पुरस्कार मनोनयनमा परेकी प्यालेस्टाइनी डा. इजेलेदिन अब्दुलायेश, क्यानेडाली फिल्ममेकर ताल बार्दा पनि फेस्टिभलमा सहभागी हुनेछन् । जुन २३ देखि २७ सम्म फेस्टिभल न्युजिल्यान्डको वेलिङ्टनमा आयोजना हुने वेबसाइटमा जानकारी दिइएको छ ।

सुविना श्रेष्ठ

हामीलाई  प्रतिक्रिया दिंदै श्रेष्ठले आफ्नो फिल्म प्रतिष्ठित फेस्टिभलमा चयन भएकोमा खुसी व्यक्त गरिन् । देवी यसअघि टोरन्टको हटटक्समा छानिएर प्रदर्शन भएको थियो । दर्शकहरुले यसलाई उत्कृष्ट २० फिल्ममा भोट हालेर छानेका थिए ।अलजजिरा लगायत अन्तर्राष्ट्रिय मिडियामा काम गरिसकेकी सुविना काठमाडौंकी हुन् । उनी अहिले बेलायतमा छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?