ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

अर्थ चौतारी

ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

A A- A+

काठमाडौँ । सुनको मूल्य एकै दिन ४ हजार रुपैयाँले घटेको छ । गत साताको शुक्रबारको तुलनामा आज आइतबार ४ हजार रुपैयाँले घटेर सुनको कारोबार सुरु भएको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४१ हजार रुपैयाँ कायम रहेको जनाएको छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४५ हजार रुपैयाँ थियो ।यस्तै आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ४० हजार ३०० रुपैयाँ छ । गत साताको शुक्रबार तेजाबी सुनको मूल्य तोलामा १ लाख ४४ हजार ३०० रुपैयाँ थियो ।महासङ्घले आज चाँदीको मूल्य समेत घटेको जनाएको छ । महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा ७५ रुपैयाँ घटेको हो । यससँगै आज चाँदीको मूल्य तोलामा १८ सय २५ रुपैयाँ कायम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?