देशकै पहिलो महिला राष्ट्रपति निर्वाचित भएको केही घण्टामा मेक्सिकोमा महिला मेयरको हत्या

देशकै पहिलो महिला राष्ट्रपति निर्वाचित भएको केही घण्टामा मेक्सिकोमा महिला मेयरको हत्या

अर्थ चौतारी

देशकै पहिलो महिला राष्ट्रपति निर्वाचित भएको केही घण्टामा मेक्सिकोमा ...

A A- A+

मेक्सिको सिटी । पश्चिम मेक्सिकोको एक सहरमा महिला मेयरको गोली हानेर हत्या गरिएको छ । देशले इतिहासमै पहिलो पटक महिला राष्ट्रपति निर्वाचित गरेको केही घण्टामा सोमबार मिचोआकान राज्यको कोतिजा शहरकी मेयर योलान्दा सान्चेज फिगुएरोआको गोली हानेर हत्या भएको हो । उनी बडीगार्डको साथमा जिमबाट फर्किरहेको समयमा यो घटना भएको बताइएको छ ।सेतो भ्यानमा आएका मानिसहरूले उनीमाथि गोली प्रहार गरेका थिए । फिगुएरोआ र उनको बडीगार्ड दुबैको अस्पतालमा मृत्यु भएको छ । यस मामिलामा छानबिन भइरहेको बताइएको छ । पछिल्लो आम निर्वाचन मेक्सिको इतिहासको सबैभन्दा धेरै रक्तपातपूर्ण निर्वाचन रह्यो । चुनावी अभियानका क्रममा देशभरमा दर्जनौं उम्मेदवार र आवेदकहरूको हत्या भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?