जेरुसेलम । गाजा–इजिप्टको सीमामा रहेको रणनीतिक करिडोर आफ्नो नियन्त्रण रहेको दाबी इजरायलको रक्षा मन्त्रालयले गरेको छ । अहिलेसम्म इजिप्टको सिनाईतर्फ जाने २० वटा सुरुङ पत्ता लागेको पनि बताइएको । सन् २००६ मा हतियार तस्करी रोक्न १४ किमी लामो फिलाडेल्फिया कोरिडोर बनाइएको थियो ।सन २००७ मा हमासले हिंसात्मक रूपमा गाजा कब्जामा लियो । इजरायली सेनाका अनुसार भूमध्यसागरको एउटा खण्ड बाहेक करिडोरको अधिकांश भागमा सैनिकहरू भौतिक रूपमा उपस्थित थिए । इजरायलको यस कदमले इजिप्टसँगको उसको सम्बन्ध बिग्रने देखिएको छ । आफ्नो सीमा नजिक इजरायलको बढ्दो गतिविधिलाई इजिप्टले मन पराएको छैन ।गएको वर्ष अक्टोबर ७ मा हमासले इजरायलमा हमला गरेको थियो । जवाफमा इजरायलले पनि गाजापट्टीमा आक्रमण गरेको थियो । इजरायल र हमासबिचको यो द्वन्द्वमा १२ हजार मानिसको मृत्यु भएको थियो भने २५२ इजरायली र विदेशीलाई हमासले बन्धक बनाएको थियो ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच