इरानका सैन्य स्थलहरूमा इजरायलद्वारा थप आक्रमण

Smoke billows after an Israeli strike in Khan Yunis in the southern Gaza Strip on June 19, 2025. (Photo by AFP)

इरानका सैन्य स्थलहरूमा इजरायलद्वारा थप आक्रमण

अर्थ चौतारी

इरानका सैन्य स्थलहरूमा इजरायलद्वारा थप आक्रमण

A A- A+

जेरुसेलम। इजरायली सेनाले पश्चिमी इरानका मिसाइल प्रक्षेपण स्थलहरूमा सोमबार प्रहार गरेको बताएको छ । मध्यपूर्वका दुई मुलुक इरान र इजरायलबीच ११ दिन देखि लडाइँ जारी छ ।

सेनाले विज्ञप्ति जारी गर्दै १५ वटाभन्दा बढी लडाकू विमानहरूले पश्चिमी इरानको केरमानशाह क्षेत्रमा आक्रमण गरेको जनाएको छ ।

यस अघिको जानकारीमा इजरायली वायुसेनाले हाल इरानको केरमानशाहमा सैन्य पूर्वाधार स्थलहरूमा आक्रमण गरिरहेको बताएको थियो । इजरायलले जुन १३ मा इरानको क्षेप्यास्त्र र आणविक सुविधाहरूका साथै सैन्य अधिकारी र सुरक्षा सेवाहरूलाई लक्षित गरी ठूला आक्रमणहरू गरेको थियो ।

सोमबार दुई देशहरू बिच हवाई आक्रमण हुँदा तेहरानले सप्ताहन्तमा तीनवटा आणविक स्थलहरूमा अमेरिकी युद्ध विमानहरूले ‘बारूदी सुरूङ’ मा पु¥याएको क्षतिको बदला लिने प्रतिवद्धता गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त आक्रमणले इरानको आणविक क्षमतालाई नष्ट गरेको बताएका छन् भने अन्य अधिकारीहरूले तेहरानको आणविक कार्यक्रममा परेको असर निर्धारण गर्न ढिलो भएको बताएका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?