क्यानडाद्वारा डब्ल्युटिओमा अमेरिकी कर वृद्धिविरुद्ध उजुरी

क्यानडाद्वारा डब्ल्युटिओमा अमेरिकी कर वृद्धिविरुद्ध उजुरी

अर्थ चौतारी

क्यानडाद्वारा डब्ल्युटिओमा अमेरिकी कर वृद्धिविरुद्ध उजुरी

A A- A+

जेनेभा, २१ फागुन । क्यानडाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाटकीय कर वृद्धिलाई लिएर संयुक्त राज्य अमेरिकाविरुद्ध विश्व व्यापार सङ्गठन (डब्ल्युटिओ) मा उजुरी दिएको डब्ल्युटिओले बुधबार पुष्टि गरेको छ ।

विश्व व्यापार सङ्गठन लागि क्यानडाका राजदूत नादिया थियोडोरले लिङ्क्डइनमा लेखेका छन्, “अमेरिकी निर्णयले हामीसँग कुनै विकल्प छैन ।”

उनले क्यानडा सरकारको तर्फबाट क्यानडामाथि लगाइएको अनुचित करका सम्बन्धमा संयुक्त राज्य अमेरिका सरकारसँग डब्ल्युटिओको परामर्शका लागि अनुरोध गरेको बताएका छन् ।

विश्व व्यापार सङ्गठनका एक अधिकारीले एएफपीलाई पुष्टि गर्दै भने, “चिनियाँ सामानमा नयाँ अमेरिकी करको विषयमा बेइजिङले दायर गरेको यस्तै उजुरीपछि अमेरिकाविरुद्ध क्यानडाले डब्ल्यूटीओमा हिजो अर्को मुद्दा प्रक्रिया सुरु गरेको हो ।

जनवरी २० मा राष्ट्रपति ट्रम्प सत्तामा फर्केको केही समयपछि उनले प्रमुख व्यापारिक साझेदार क्यानडा र मेक्सिकोबाट हुने आयातमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका थिए ।

दुवै मोर्चामा प्रगति हुन नसकेको भन्दै उनले मङ्गलबार उनीहरूविरूद्ध कारबाहीलाई अघि बढाएका थिए । क्यानडाले जवाफी कारबाही गरेपछि ट्रम्पले क्यानडामाथि फेरि आक्रमण गर्ने धम्की दिएका थिए ।

अमेरिकी वाणिज्यमन्त्री हावर्ड लुटनिकले भने, “ट्रम्पले मेक्सिको र क्यानडासँग मिलेर काम गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।”

ट्रम्पले सोमबार चीनमाथि लगाइएको १० प्रतिशत कर वृद्धि गरी २० प्रतिशत पु¥याउने आदेशमा हस्ताक्षर गरेका छन् ।

क्यानडाका सामानमा कर वृद्धि लागू भएको केही समयपछि प्रधानमन्त्री जस्टिन ट्रुडोले वासिङ्टनको ‘मूर्ख’ व्यापार युद्धको आलोचना गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले क्यानडाको अर्थतन्त्रलाई ध्वस्त पार्न खोजेको आरोप लगाए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?