काठमाडौं– साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन तोलामा २००० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको हो ।महासङ्घका अनुसार आज छापावाल सुन एक लाख ४७ हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख ४६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।यस अघि बिहीबार छापावाल सुन तोलाको एक लाख ४९ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ४८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला ३० रुपियाँ घटेर तोलाको १८३० मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच